Wednesday, May 11, 2016

ईङवाबाहरूले चोखोबा पूजा गर्दाको विधी र फतुर्ने (भनिने) कथा

चोखोवा पूजा विधी
(दशैं टीकाकोदिन विहान गर्ने पूजा) 

पुजा सर्जामहरु 
  •  तितेपातीको लास्सो 
  • एक जोर लुङ 
  • तिते पातीकै मुन्टाको लिंगो 
  • एक-एक जोर (भरसक केराको) पात राखेर अक्षेता चढाई पुजा गर्ने ।
  • भाले पोलेर (आन्द्रा भुँडी फालेर) एकचोटी फेरि एकछिन चढाउँने र प्रसादको रुपमा खाने। 

 -------- --------- ------ 

बागतेल्लेम सिङतेल्लेम दाजुभाईको कथा (भन्ने)

.  बागतेल्लेम सिङतेल्लेम, तिमीहरु धेरै अघि सत्तेयुगमा याङघा चक्का (झूला चक्मक्) को ब्यापार गर्न दक्षिणतिर पर्देस गयौ
.  बाटोमा पर्ने राजारानी पोखरी पुग्यौ
.  राजारानी पोखरीमा, ब्यापार सपर्यो भने करङ पिप्मा बुझाउँलारचढाउँला भनि भाकल गरिरारव्यौ
ब्यापार गर्दै जाँदा ब्यापारबाट सुब्बे फाप्पे भयो
ब्यापारबाट भएको फायदारनाफा लिएर तिमीहरु घर फक्र्यौ
र्फकँदा राजारानी पोखरीमा भाकल नबुझाई अर्कै बाटो लिएर भाग्यौ
बाटो छलेर भाग्न खोजे पनिर् इश्वाबाले दिनभरि घुमाउँदै घुमाउँदै राजारानी पोखरीमै ल्यायो
तिमीहरु फेरि पनि भाग्यौ तर फेरि इश्वाबाले घुमाउँदै तिमीहरुलाई राजारानी पोखरीमा ल्याई पुर्यायो
यसरी तीन पटक सम्म तिमीहरुलाई घुमाएर राजारानी पोखरीमा ल्याउँदा पनि कुरा बुझेनौ आफुले गरेको भाकल बुझाएनौ
१०. चौथो पल्ट पनिर् इश्वाबाले घुमाएर ल्यायो तर त्यसबेला पनि तिमीहरूले कुरा नबुझेपछि तिमीहरुलाई राजारानी पोखरीले तानेर डुबाई मार्यो
११. पछि गएर तिमीहरू नै ओदम राजा ओदम रानी भई उत्पन्न भयौ
१२. पछि गएर एक पल्ट गाउँघरमा दुःख विमार चल्यो
१३. दुःख विमारका बारेमा माङदेम्बाहरुले जोखाना हर्ेदा तिमीहरु चोखो राजा, चोखो रानी भईर् इङ्गवाबा कुगेत्नाम्बाहरुको देवताका रुपमा देखा पर्यौ
१४. आज तिमीहरुलाई चोखो नितो गरि चोखो भाले चोखो अण्डा चर्ढाई पुजाआजा गरेकाछौं
-----  ------ ------ ------ 
यति पढिसकेपछि, चोखो अण्डा भाले काटेर चढाउँने । भाले पोलेर (आन्द्रा भुँडी फालेर) एकचोटी फेरि एकछिन चढाउँने र प्रसादको रुपमा खाने। 



Wednesday, January 3, 2007

Tuesday, January 2, 2007

INGWABA LIMBUS - WHO IS WHERE?

Would be nice to know INGWABAS - Who is where? Let us exchange:

as far as I know:
1. Most of the Ingwabas come from Odin (Currently Ward Number 6 of Phidim, Panchthar district).
2. Some Ingwabas migrated to Assam of India - I have no idea how many families and populations of Ingwabas in Assam/India.
3. Some Ingwabas (Odin Cheughare family) are in Jhapa - No idea where. Khagendra Ingwaba is near Birtamod - he told me once when he visited me.
4. My family is in Kathmandu Sangkhamul (9851072965). My three sons (Ravi, Drona, and Biru) are in California/America. They all have acquired American citizenship.
5. Maita (Paireni) Ingwaba is in Swindon, UK. His daughter Brinda and son Sulochan are British citizens.
6. Yesh Prasad Ingwaba (Subba) is in Biratnagar. 
7. One Ingwaba family (Janttare brother of Akkal Ingwaba) is in Yangden.

Please post whatever you have information about Ingwabas.

Dilli Bikrma Ingwaba
(Bikram Subba)

Monday, January 1, 2007

नयाँ वर्ष २००७ को शुभकामना

नयाँ वर्ष २००७ को जीवन सुखमय रहोस् । शुभकामना ।
डिल्ली विक्रम ईंवाबा

Wednesday, December 27, 2006

ईंवाबाहरूको लागि यो ब्लग आज तैयार गरेको

म डिल्लिविक्रम ईंवाबा । बाबुको नाम नरेन्द्र बहादुर ईंवाबा । बाजेको नाम बमप्रसाद ईंवाबा । जन्म घर पँचथर फिदिम गाविसको वार्ड नं ६ ओदिन । तर हाल शंखमूल काठमाण्डौ (घर नं ८६/१५) मा बसोबास गर्दछु ।

हामी ईंवाबाहरूको ईन्टरनेट मार्फत भेट्ने संजाल बनोस भनेर यो ब्लग खोलेको छु । हामी यसमा हाम्रो दु:ख सुखका कुराहरु लेनदेन गर्न सक्छौँ । सबैको जानकारीको लागि हाम्रो वंशावली पनि यसै ब्लगमा राख्न सक्छौँ । साथै ईंवाबाहरुको कल्यानका लागि केही परे गर्न सक्छौँ ।

माथि उल्लेखित उद्देश्यका निम्ती सबै ईंवाबा दाजुभाइहरूलाई म आज मिती २०६३ पौष १२ गतेका दिन यस ब्लगमार्फत भेटघाट गर्न र योगदान गर्न आह्वान गर्दछु ।

डिल्लिविक्रम ईंवाबा
साहित्यिक नाम: विक्रम सुब्बा
पोष् बक्स - १५८
काठमाण्डौ, नेपाल
फोन: ९७७-१-४७८३५०१
मोबाइल: ९८५१०-७२९६५