चोखोवा पूजा विधी
(दशैं टीकाकोदिन विहान गर्ने पूजा)
पुजा सर्जामहरु
- तितेपातीको लास्सो
- एक जोर लुङ
- तिते पातीकै मुन्टाको लिंगो
- एक-एक जोर (भरसक केराको) पात राखेर अक्षेता चढाई पुजा गर्ने ।
- भाले पोलेर (आन्द्रा भुँडी फालेर) एकचोटी फेरि एकछिन चढाउँने र प्रसादको रुपमा खाने।
-------- --------- ------
बागतेल्लेम
र
सिङतेल्लेम दाजुभाईको कथा (भन्ने)
१. बागतेल्लेम
र
सिङतेल्लेम,
तिमीहरु धेरै अघि सत्तेयुगमा याङघा
र
चक्का
(झूला र चक्मक्) को
ब्यापार गर्न दक्षिणतिर पर्देस गयौ
।
२. बाटोमा
पर्ने
राजारानी पोखरी पुग्यौ ।
३. राजारानी
पोखरीमा,
ब्यापार सपर्यो भने करङ पिप्मा
बुझाउँलारचढाउँला भनि भाकल गरिरारव्यौ
।
४. ब्यापार
गर्दै
जाँदा
ब्यापारबाट सुब्बे फाप्पे भयो
।
५. ब्यापारबाट
भएको
फायदारनाफा लिएर तिमीहरु घर फक्र्यौ
।
६. र्फकँदा
राजारानी पोखरीमा भाकल नबुझाई
अर्कै
बाटो
लिएर
भाग्यौ ।
७. बाटो
छलेर
भाग्न
खोजे
पनिर्
इश्वाबाले दिनभरि घुमाउँदै घुमाउँदै
राजारानी पोखरीमै ल्यायो ।
८. तिमीहरु
फेरि
पनि
भाग्यौ । तर फेरि इश्वाबाले
घुमाउँदै तिमीहरुलाई राजारानी
पोखरीमा ल्याई पुर्यायो ।
९. यसरी
तीन
पटक
सम्म
तिमीहरुलाई घुमाएर राजारानी पोखरीमा
ल्याउँदा पनि कुरा बुझेनौ । आफुले
गरेको
भाकल
बुझाएनौ ।
१०. चौथो पल्ट पनिर्
इश्वाबाले घुमाएर ल्यायो तर
त्यसबेला पनि तिमीहरूले कुरा नबुझेपछि
तिमीहरुलाई राजारानी पोखरीले तानेर
डुबाई
मार्यो
।
११. पछि गएर तिमीहरू
नै
ओदम
राजा
र
ओदम
रानी
भई
उत्पन्न भयौ ।
१२. पछि गएर एक
पल्ट
गाउँघरमा दुःख विमार चल्यो ।
१३. दुःख विमारका बारेमा
माङदेम्बाहरुले जोखाना हर्ेदा तिमीहरु
चोखो
राजा,
चोखो
रानी
भईर्
इङ्गवाबा र कुगेत्नाम्बाहरुको देवताका रुपमा
देखा
पर्यौ
।
१४. आज तिमीहरुलाई चोखो
नितो
गरि
चोखो
भाले
र
चोखो
अण्डा
चर्ढाई पुजाआजा गरेकाछौं ।
----- ------ ------ ------
यति
पढिसकेपछि,
चोखो
अण्डा
र
भाले
काटेर
चढाउँने । भाले पोलेर (आन्द्रा भुँडी फालेर) एकचोटी फेरि एकछिन चढाउँने र प्रसादको रुपमा खाने।

No comments:
Post a Comment